Kathmandu Press

राप्रपाको महाधिवेशनमा माधव नेपालले भने–‘देश अगाडि बढिसक्यो अब पछाडि फर्कँदैन’

अध्यक्ष नेपालले ०४६ सालको परिवर्तन,  ०६२/०६३ को जनक्रान्ति हुँदै संविधान निर्माण र संघीयतासम्म मुलुक आइपुगिसकेका कारण देश फेरि पुरानै अवस्थामा नफर्किने बताएका हुन् । 
राप्रपाको महाधिवेशनमा माधव नेपालले भने–‘देश अगाडि बढिसक्यो अब पछाडि फर्कँदैन’

काठमाडौँ, मंसिर १४ः नेकपा ( एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश पुनः पछाडि नफर्कने बताएका छन्। काठमाडौंमा बुधबार सुरु भएको राप्रपाको एकता महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले नेपाल धेरै अगाडि बढिसकेको बताएका हुन् । 

अध्यक्ष नेपालले ०४६ सालको परिवर्तन,  ०६२/०६३ को जनक्रान्ति हुँदै संविधान निर्माण र संघीयतासम्म मुलुक आइपुगिसकेका कारण देश फेरि पुरानै अवस्थामा नफर्किने बताएका हुन् । 

उनले राप्रपालाई समय र परिस्थिती अनुसार अगाडि बढ्न पनि अुनरोध गरेका छन्। ‘समय परिस्थिती अनुसार जो अगाडि बढ्न सक्यो त्यसैले निरन्तरता पाउँछ। तर इतिहासको गति कहिल्यै पनि पछाडि जाँदैन,’ अध्यक्ष नेपालले भने। 

 उनले राप्रपालाई राष्ट्रिय झण्डासँगै नेपाली जनताले चाहेका परिवर्तनको झण्डा पनि उठाउन आग्रह गरे । 

प्रकाशित मिति: १५:१७ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्