कमल थापाले भने– राप्रपाकाे याे अन्तिम एकता महाधिवेशन हाे, भविष्यमा नियमित महाधिवेशन मात्र हुन्छ
‘यो एकता महाधिवेशनमा केन्द्रीय नेतृत्वको चयन सर्वसम्मत रूपमा गर्ने प्रयास हामीले गर्नुपर्दछ,’ उनले भने, ‘कथंकदाचित सहमतिबाट नेतृत्व चयन गर्न सकिएन भने प्रजातान्त्रिक विधिबाट नेतृत्व चयन गरेर पार्टीलाई आगामी दिनमा एकताबद्ध ढंगबाट अघि बढाउने प्रतिज्ञा सबैले गर्नुपर्दछ।’काठमाडौं, मंसिर १५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले भविष्यमा राप्रपालाई कहिल्यै फुट्न नदिने संकल्प गरेको बताएका छन्।
आज राप्रपा महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अब राप्रपामा नियमित महाधिवेशन हुने तर अबका दिनमा एकता महाधिवेशन गरिरहने जरुरत नपर्ने बताएका हुन्।
मञ्चमा आसीन रहँदा ‘एकता महाधिवेशन कतिपटक हुन्छ?’ भनेर विभिन्न नेताले सोधेको प्रश्नको जवाफ दिएको उल्लेख गर्दै उनले भने, ‘तपाइहरूलाई पार्टीको अर्को एकता महाधिवेशनमा निमन्त्रणा गर्नेछैनौं, यो हाम्रो अन्तिम एकता महाधिवेशन हो, हामीले भविष्यमा राप्रपा नफुटाउने संकल्प गरिसकेका छौं, अब आगामी दिनमा एकता महाधिवेशनकाे जरूरत पर्दैन। नियमित महाधिवेशनमा भने अवश्य बोलाउँछौं।’
तत्कालीन राष्ट्रिय प्रजातन्त पार्टी र राप्रपा संयुक्तका बीचमा २०७६ फागुनमा एकीकरण भएपछि यो पहिलो महाधिवेहन भएको उनले बताए। उनले पार्टीकाे एकता भाषणमा मात्र नभएर मन, वचन, कर्मले स्थापित गर्नुपर्ने बताए। महाधिवेशन सकेर फर्किंदा यो एकता महाधिवेशनबाट अब कहिल्यै पार्टी फुट्न नदिने र नफुटाउने संकल्प गरेर आएको सन्देश दिनुपर्नेमा उनले जोड दिए।
महाधिवेशनले पार्टीको वैचारिक कार्यदिशाको निर्धारण गर्ने भएकाले सर्वसम्मत रूपमा नेतृत्व चयन हुनुपर्ने धारणा उनले व्यक्त गरे।
‘यो एकता महाधिवेशनमा केन्द्रीय नेतृत्वको चयन सर्वसम्मत रूपमा गर्ने प्रयास हामीले गर्नुपर्दछ,’ उनले भने, ‘कथंकदाचित सहमतिबाट नेतृत्व चयन गर्न सकिएन भने प्रजातान्त्रिक विधिबाट नेतृत्व चयन गरेर पार्टीलाई आगामी दिनमा एकताबद्ध ढंगबाट अघि बढाउने प्रतिज्ञा सबैले गर्नुपर्दछ।’
कुनै पनि बहानामा नयाँ पुरानो अग्लो होचो भनेर kf6L[psf lवभाजनको रेखा कोन{ नहुने pgn] atfP.











