Kathmandu Press

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत 

काठमाडौं, मंसिर १५ः कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन्। बुधबार सम्पन्न प्रदेशसभाको बैठकबाट शाहीले विश्वासको मत पाएका हुन्। शाहीले प्रदेशसभामा पेश गरेका...
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत 

काठमाडौं, मंसिर १५ः कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन्। 

बुधबार सम्पन्न प्रदेशसभाको बैठकबाट शाहीले विश्वासको मत पाएका हुन्। शाहीले प्रदेशसभामा पेश गरेका विश्वासको प्रस्तावलाई बहुमतले पारित गरेको हो। 

आजको बैठकमा २२ जना सांसदहरु उपस्थिति थियो । सो संख्या कुल सदस्यको बहुमत हो। सभामुख राजबहादुर शाहीले मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको र यो कर्णाली प्रदेशसभाको सदस्य संख्याको बहुमत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरे ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु भने उपस्थित भएनन्। मुख्यमन्त्री शाहीलाई उनको दल नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले मत दिएका छन् ।

प्रकाशित मिति: १५:०६ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्