सम्मानजनक संस्था सर्वोच्च न्यायालयप्रति कोही जिम्मेवार छैन भन्ने देखियाे : चन्द
काठमाडौं, मंसिर १५ : पूर्वप्रधानमन्त्री तथा राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले पछिल्लो समय सम्मानजनक संस्था सर्वोच्च न्यायालयप्रति कोही जिम्मेवार छैन भन्ने देखिएको बताएका छन्। आज...काठमाडौं, मंसिर १५ : पूर्वप्रधानमन्त्री तथा राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले पछिल्लो समय सम्मानजनक संस्था सर्वोच्च न्यायालयप्रति कोही जिम्मेवार छैन भन्ने देखिएको बताएका छन्।
आज राप्रपा महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘सम्मानजनक संस्था न्यायालयमा बिडम्बना देखियो, त्यसमा कोही जिम्मेवार छैन भन्ने देखिएको छ।’
यस्तो अवस्थामा संरक्षकका रूपमा निष्पक्ष स्थायी संस्थाको महसुस जनताले गरेको भन्दै उनले राजसंस्था स्थापना हुनुपर्ने वकालत गरे।
उनले राजालाई कतै न कतै स्थान दिनुपर्नेमा जोड दिए। राजाले गद्दी त्यागे पनि पूर्व पश्चिम जुनसुकै भागमा जाँदा पनि जनताको आस्था छ भन्ने देखिएको उनले स्पष्ट पारे।
उनले देशमा बाह्य हस्तक्षेप रहेको बताए। उनले अहिले भएको परिवर्तन सही नभएको गर्दै अन्यायले न्यायलाई दबाएको, सही कुरालाई गलतले छोपेको छ, प्रोपोगान्डाले सत्यलाई दबाएको बताए।
उनले अहिले देशको स्थिति देखेर जनता खुसी नभएको उनले बताए।











