हुन्डाईको इलेक्ट्रिक गाडी कोनाको बिक्री शुरु
काठमाडौं, माघ १८ : हुन्डाई मोटरको पछिल्लो उत्पादन हुन्डाई कोना इलेक्ट्रिक गाडी नेपालमा सार्वजनिक भएको छ ।
हुन्डाईको नेपालको लागि आधिका....
काठमाडौं, माघ १८ : हुन्डाई मोटरको पछिल्लो उत्पादन हुन्डाई कोना इलेक्ट्रिक गाडी नेपालमा सार्वजनिक भएको छ ।
हुन्डाईको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले नयाँ इलेक्ट्रिक कार कोना नेपालमा बिक्री शुरु गरेको हो । गाडीको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
इलेक्ट्रिक गाडीप्रति सरकारले नै बढवा दिइरहेको समयमा आएको हुन्डाईको फिचर प्याक एसयूभीले उत्कृष्ट बजार लिने अनुमान गरिएको छ । चार कलर भेरियन्टमा नेपाली बजारमा उपलब्ध कोना ईभी पल्स रेड, चक ह्वाईट, सेरामिक ब्ल्यू र डार्क नाइट ग्रे कलरमा उपलब्ध छ ।
नेपाली बजारमा ३९ किलोवाट ब्याट्री प्याकमा उपलब्ध भएको कोना इभीले एक पटकको चार्जमा तीनसय किलोमिटरभन्दा बढी रेन्ज प्रदान गर्ने छ ।
यसमा लगाइएको मोटरले १३५ पीएस पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ । यसले ९.७ सेकेन्डमा ०–१०० किलोमिटर प्रति घन्टाको स्पीड लिन सक्छ । यसको टप स्पिड १५५ किलोमिटर प्रतिघन्टा रहेको छ ।
यसमा प्रयोग भएको लिथीयम–आएन ब्याट्रीलाई १०० किलोवाट डीसी फास्ट चार्जर प्रयोग गरि ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सक्छ । साथै स्ट्यान्डर्ड एसी चार्जरबाट ६ घन्टा १० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।
क्याबीनमा डिजिटल ड्याशबोर्ड राखिएको छ । कम्पनीका अनुसार व्याट्री प्याक एसयूभी प्लटफर्ममा आधारित छ जसले इन्टेरियरको स्पेशमा कुनै कम्प्रमाईज गरिएको छैन ।
यो मोडलमा सुरक्षाका लागि एडेप्टीप क्रुइज कन्ट्रोल, लेन सेन्ट्रिङ सिस्टम, रियर क्रस–ट्राफिक अलर्ट तथा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम पनि दिइएको छ ।











-1754206481.jpg)