Kathmandu Press

लोकेन्द्रबहादुर चन्दले भने : सीपी मैनाली राप्रपा आउनुहुन्छ भने स्वागत गर्छाैं

काठमाडाैं, मंसिर १५ : राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले नेकपा माले महासचिव सीपी मैनाली राप्रपामा आए स्वागत गर्ने बताएका छन्।आज राप्रपा महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन...
लोकेन्द्रबहादुर चन्दले भने : सीपी मैनाली राप्रपा आउनुहुन्छ भने स्वागत गर्छाैं

काठमाडाैं, मंसिर १५ : राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले नेकपा माले महासचिव सीपी मैनाली राप्रपामा आए स्वागत गर्ने बताएका छन्।

आज राप्रपा महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मैनालीलाई राप्रपाको अध्यक्ष हुन खोजेको भन्दै व्यंग्य गरेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका चन्दले पनि मैनाली पार्टीमा आए स्वागत गर्ने बताएका हुन्। 

उनले ‘जो युवा अवस्थामा कम्युनिस्ट हुँदैन मूर्ख हो, जो उमेर पुगेपछि  कम्युनिस्ट रहिरहन्छ, त्यो कुरा नबुझ्ने हो’ भन्ने भनाइ उद्धृत पनि गरे।   

प्रचण्डभन्दा अघि बोलेका मैनालीले राजा महेन्द्र महान् राष्ट्रवादी भएको भन्दै प्रशंसा गरेका थिए। महासचिव मैनालीले राजा महेन्द्रको खुलेर प्रशंसा गरेका थिए। राप्रपाको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राजा महेन्द्र ‘राष्ट्रवादी’ रहेको बताएका थिए।

उनले नेपालको राजनीतिक इतिहासमा भएका चारवटा राजनीतिक परिवर्तन भएको तर राजा महेन्द्रले गरेको परिवर्तनबाहेक अरु सबै परिवर्तन बाह्य हस्तक्षेपको परिणाम भएको बताएका थिए।

मैनालीले भनेझैं चन्दले पनि देशमा बाह्य हस्तक्षेप रहेको बताए। उनले अहिले भएको परिवर्तन सही नभएको उल्लेख गदैृ भने, ‘अन्यायले न्यायलाई दबाएको छ, सही कुरालाई गलतले छोपेको छ, प्रोपोगान्डाले सत्यलाई कताकता पुर्‍याएको छ।’ उनले अहिले देशको स्थिति देखेर जनता खुसी नभएको उनले बताए।

उनले पार्टीमा नयाँ नेतृत्वका लागि सहमतिका आधारमा निर्वाचन हुनुपर्नेमा जोड दिए। सहमतिका लागि पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले अध्यक्ष पद त्याग गरेको प्रति उनले सराहना पनि व्यक्त गरे। त्याग र सहमतिबाट एकताको वातावरण हुने र परिवर्तन हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।

उनले परिवर्तनका लागि आफ्ना संकल्पप्रति ख्याल गर्नुपर्नेमा जोड दिए। ‘राष्ट्रिय अखण्डता र सार्वभौमिकता कायम राख्नुपछु, भ्रातृभावमा आधारित हाम्रो नेपाली संस्कृतिको जगेर्ना गर्नुपर्छ, जनताको हितका लागि सुख र समृद्धिका लागि निरन्तर प्रयास गर्नुपर्छ,’ उनले भने। 
 

प्रकाशित मिति: १४:४५ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्