Kathmandu Press

सिपी मैनालीलाई प्रचण्डले भने– ‘राप्रपाको अध्यक्ष बन्न खोज्नुभएको हो भने बधाई’

काठमाडौं, मंसिर १५ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (माले) का महासचिव सिपी मैनालीलाई राप्रपाको अध्यक्ष बन्न शुभकामना दिएका छन्। राप्रपाको महाधिवेशनलाई...
सिपी मैनालीलाई प्रचण्डले भने– ‘राप्रपाको अध्यक्ष बन्न खोज्नुभएको हो भने बधाई’
फाइल तस्बिर

काठमाडौं, मंसिर १५ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (माले) का महासचिव सिपी मैनालीलाई राप्रपाको अध्यक्ष बन्न शुभकामना दिएका छन्। 

राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा मैनालीले राजा महेन्द्रको प्रशंशा गरेपछि प्रचण्डले उनीमाथि व्यंग्य प्रहार गरेका हुन्। सम्बोधन गर्ने क्रममा मैनालीले राजा महेन्द्र सबैभन्दा राष्ट्रवादी रहेको, नेपाललाई भुटानजस्तो बन्नबाट जोगाएको लगायतका अभिव्यक्ति दिएका थिए। 

मैनालीपछि सम्बोधन गर्दै प्रचण्डले आफूलाई त्यस्तो भाषा बोल्न नआउने समेत बताएका छन्। मैनालीको कुरा सुन्दा उनी राप्रपाको अध्यक्ष बन्न खोजेको आभास भएको प्रचण्डले बताए। पहिले राजाहरुको टाउको काट्नुपर्छ भन्ने व्यक्तिले महान् राजा भनेको सुन्दा अचम्ममा परेको उनले बताए। 

‘सिपी मैनालीले राजतन्त्र सिध्याउन पर्छ भनेर टाउको काट्ने सुरुवात  गर्नुभयो। अहिले महान् राजा भनेर पनि बोल्नुभयो। मलाई त लाग्यो उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुन्छ क्यारे। साँच्चै हो भने सिपी जिलाई बधाई छ’ प्रचण्डले भने।  
 

प्रकाशित मिति: १४:२३ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्