Kathmandu Press

राप्रपाको महाधिवेशनमा प्रचण्डले भने, ‘गणतन्त्रवादी भए पनि म तपाईँहरु जस्तै राष्ट्रवादी हुँ’

काठमाडौं, मंसिर १५ः नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपाजस्तै आफूपनि राष्ट्रवादी भएको बताएका छन्। बुधबार काठमाडौंमा शुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता...
राप्रपाको महाधिवेशनमा प्रचण्डले भने, ‘गणतन्त्रवादी भए पनि म तपाईँहरु जस्तै राष्ट्रवादी हुँ’

काठमाडौं, मंसिर १५ः नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपाजस्तै आफूपनि राष्ट्रवादी भएको बताएका छन्। 

बुधबार काठमाडौंमा शुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा सम्बोधन गर्ने क्रममा प्रचण्डले दर्शन र सिद्धान्त नमिले पनि देश र जनताको विषयमा एकै ठाउँमा रहेको बताए। 

‘तपाईँहरुको बीच र मत त्यति मिल्दैन, तर राष्ट्रिय भावना स्वाधीनता प्रतिको निष्ठा, देशभक्तिको भावना तपाईहरुको हाम्रो एउटै छ। त्यसअर्थमा तपाई र हामी उस्तै गोत्रका भनेको थिएँ,’ प्रचण्डले भने। प्रचण्डले अगाडि भने, हाम्रो मत त मिल्दैन, म गणतन्त्र र धर्मनिरपेक्षतावादी तर म पनि तपाईँहरुजस्तै राष्ट्रवादी।’

प्रचण्डले राष्ट्रवादको व्याख्या पनि दुई किसिमले हुने गरेको बताएका छन्। इतिहासमा भएका सकारात्मक र गौरवपूर्ण कुराहरुलाई आधार बनाएर इतिहासतिरै फर्किने एउटा राष्ट्रवाद र सम्पूर्ण जनतालाई आधार मान्दै जनतातिर नै फर्किन खोज्ने अर्को राष्ट्रवाद गरी दुई किसिमका राष्ट्रवाद देखिएको उनले बताए । 

प्रचण्डले आफू देश र जनताको हितका लागि लडेर आएको बताउँदै आफ्ना लागि जनता नै राष्ट्रवादको आधार रहेको बताएका छन्। 

प्रकाशित मिति: १४:०६ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्