Kathmandu Press

राप्रपा महाधिवेशन उद्घाटन समारोह : लिङ्देन बोलिरहँदा कार्यकर्ताको व्यापक समर्थन

काठमाडाैं, मंसिर १५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन काठमाडौंमा सुरु भएको छ।आज (बुधबार) भएको उद्घाटन समारोहमा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन बोल्दा...
राप्रपा महाधिवेशन उद्घाटन समारोह : लिङ्देन बोलिरहँदा कार्यकर्ताको व्यापक समर्थन

काठमाडाैं, मंसिर १५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन काठमाडौंमा सुरु भएको छ।

आज (बुधबार) भएको उद्घाटन समारोहमा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन बोल्दा कार्यकर्ताहरूले उनको समर्थनमा हुटिङ गर्दै स्वातग गरेका छन्।

लिङ्देनले राप्रपाको मुद्दा लोकप्रिय बनिरहे पनि पार्टीको अवस्था भने कमजोर बन्न पुगेको बताए। उनले पार्टीलाई फेरि तीव्र गतिका साथ अगाडि बढाउनु जरुरी रहेको उल्लेख गरे। 

हिन्दु राष्ट्र र राजसंस्थाकाे मुद्दा मानिसहरू सडकमा हजाराैंकाे संख्यामा निस्किराखेकाे बताउँदै उनले भने, ‘तर राष्ट्रिय प्रजातन्त्र पार्टी कहाँ छ?’

आज सुरु भएको राप्रपा महाधिवेशन मंसिर १७ गते नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुनेछ। राप्रपाको नेतृत्वका लागि नेपालगन्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका धवल  शमशेर जबराको समर्थनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्। अध्यक्ष कमल थापाले पनि नेतृत्वमा दोहारिने बताइसकेका छन्।

राप्रपाका तीन अध्यक्षमध्ये पशुपति शमशेर जबरा र प्रकाशचन्द्र  लोहनीले भने फेरि नेतृत्वका लागि चो देखाएका छैनन्। लोहनीले लिङ्देनलाई समर्थन गरिसकेका छन् भने पशुपतिशमशेर कतै खुलेका छैनन्। 

प्रकाशित मिति: १३:३४ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्