Kathmandu Press

कांग्रेस महाधिवेशनः केन्द्रीय सदस्यमा गंगा सुनारले उम्मेदवारी दिने 

काठमाडौं, मंसिर १५ः नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा गंगा सुनारले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने भएकी छन्। उनले दलित महिलातर्फबाट केन्द्रीय सदस्यका...
कांग्रेस महाधिवेशनः केन्द्रीय सदस्यमा गंगा सुनारले उम्मेदवारी दिने 

काठमाडौं, मंसिर १५ः नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा गंगा सुनारले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने भएकी छन्। 

उनले दलित महिलातर्फबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने बताएकी छन्। लामो समयदेखि दलित समुदायको हक, हित र सशक्तिकरणका लागि काम गर्दै आएकी गंगाले पार्टीको महाधिवेशनबाट आफू केन्द्रीय राजनीतिमा प्रवेशको तयारी गरेको बताएकी छन्। 

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–७ कि ३७ वर्षीया सुनारले समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेकी छन्। उनी १४ औं महाधिवेशनका लागि प्रकाशमान सिंह समूहबाट प्रतिनिधि चयन भएकी हुन्। 

उनी हाल काठमाडौं दलित संघकी अध्यक्ष समेत हुन् । ‘दलित समुदायको पेशा व्यवसायलाई आधुनिकीकरण, बैज्ञानिकीकरण र संस्थागत गर्नुपर्ने आवश्यकता छ, पछाडि पारिएको हाम्रो समुदायको आर्थिक, शैक्षिक, स्वास्थ्य र राजनीतिक चेतनाको विकास गराएर अघि बढाउनुपर्नेछ, मेरो उम्मेदवारी त्यसैका लागि हो,’ उनले भनिन् । 

०६२ सालमा कांग्रेसको इकाइ समिति सदस्य भएर काम गरेकी सुनार दोस्रो जनआन्दोलनमा सक्रिय सहभागी भइन् । ०६० सालमा संघको जिल्ला सदस्य भएकी सुनार ०६४ मा सहसचिव, ०६७ सालमा सचिव, ०७० सालमा पुनः सचिव भएर काम गरेपछि ०७४ सालमा संघको जिल्ला अध्यक्ष बनेकी हुन् । 
 

प्रकाशित मिति: १३:२६ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्