Kathmandu Press

बेलायतले १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्ध खोपको बुस्टर डोज दिने

लन्डन, मंसिर १५ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यहाँका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिने जानकारी दिएका छन्।उनले मंगलबार आयोजित...
बेलायतले १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्ध खोपको बुस्टर डोज दिने

लन्डन, मंसिर १५ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यहाँका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिने जानकारी दिएका छन्।

उनले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्। उनले भनेका छन्, ‘सरकारले आगामी जनवरीको अन्त्यसम्ममा बेलायतका सबैजना १८ वर्षमाथिका नागरिकलाई बुस्टर डोज खोप दिनेछ।’

यस प्रयोजनका लागि बेलायत सरकारले देशैभरि १ हजार ५ सय खोप केन्द्रको व्यवस्था गरेको र आगामी जनवरीको अन्तिम सम्ममा देशैभरिका १८ वर्षमाथिका नागरिकलाई  खोप दिने पनि बताए।

उनले अब अहिलेकै अवस्थामा बेलायतमा अर्को लकडाउन नगरिने पनि बताए। उनले नयाँ भाइरस ओमिक्रोनका विरुद्धमा लड्न नागरिकहरुले नै सरकारलाई बल दिनुपर्नेमा जोड दिए।  तर अब लकडाउनको अवस्था भने नआउन् उनले स्पष्ट पारे।

प्रकाशित मिति: १३:२१ बजे, बुधबार, मंसिर १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्