Kathmandu Press

साउदी अरेरिबायाद्वारा यमनमा बमबारी

आदेन, मंसिर १५ : केही वर्षयतादेखिको द्वन्द्वग्रस्त देश यमनमा साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिन यतादेखि बमबारी भएको बताइएको छ। यमनको मारिब सहरमा सो...
साउदी अरेरिबायाद्वारा यमनमा बमबारी

आदेन, मंसिर १५ : केही वर्षयतादेखिको द्वन्द्वग्रस्त देश यमनमा साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिन यतादेखि बमबारी भएको बताइएको छ। यमनको मारिब सहरमा सो बमबारी गरिएको समाचारमा जनाइएको छ। त्यसमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन।

तर सो सहरमा केही दिनदेखि नै निरन्तर रुपमा सैन्य विमानहरुद्धारा बमबारी भएको अधिकारीहरुले जनाएका छन्। मारिब सहरको अधिकांश भूभाग अहिले पनि यमनका विद्रोहीहरुको कब्जामा रहेको यहाँका अधिकारीहरुले जनाएका छन्। उक्त सहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका बिरुद्धमा कारबाही गर्दै आएको छ।

गएका केही वर्षदेखि नै हुथी विद्रोहीहरुको कब्जामा रहेको सो सहर तेलको धनी मानिन्छ। त्यसैले यो शहर समय समयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको पाइन्छ।

प्रकाशित मिति: १३:०२ बजे, बुधबार, मंसिर १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्