Kathmandu Press

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, मंसिर १५ः आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ५०० कायम भएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला...
सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, मंसिर १५ः आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ५०० कायम भएको छ। 

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार तोकिएको छ । त्यसको मूल्य मङ्गलबार प्रतितोला रु ९१ हजार ४००  थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७९ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित मिति: १२:५९ बजे, बुधबार, मंसिर १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्