Kathmandu Press

अमेरिकामा किशोरीद्वारा विद्यालयमै गोली  प्रहार, तीनको मृत्यु, शिक्षकसहित आठ घाइते

वासिङ्टन, मंसिर १५ : अमेरिकाको एउटा विद्यालयमा भएको गोली प्रहार सम्वन्धी घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ।ओक्ल्याण्ड काउन्ट्रीअन्तर्गत पर्ने मिचिगनमा रहेको अक्सफोर्ड...
अमेरिकामा किशोरीद्वारा विद्यालयमै गोली  प्रहार, तीनको मृत्यु, शिक्षकसहित आठ घाइते

वासिङ्टन, मंसिर १५ : अमेरिकाको एउटा विद्यालयमा भएको गोली प्रहारसम्बन्धी घटनामा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ।

ओक्ल्यान्ड काउन्ट्रीअन्तर्गत पर्ने मिचिगनमा रहेको अक्सफोर्ड उच्च माध्यमिक विद्यालयमा मंगलबार घटना भएको हो। विद्यालयका १५ वर्षीय एक विद्यार्थीले गोली प्रहार गर्दा किशोरावस्थाका तीनजनाको मृत्यु भएको हो भने अरु आठ जना घाइते भएका हुन्।

Hardik ivf

गोली प्रहारको घटना भएलगत्तै ती किशोरलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अमेरिकामा विद्यालयमा गोली प्रहारका घटना बेलाबेलामा भइरहने गरेको अधिकारीहरुले जनाएका छन्।

घाइते हुनेमा एक शिक्षक पनि छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ। घाइते मध्ये ६ जनाको अवस्था सामान्य रहेको छ भने दुई जनाको शल्यक्रिया नै गरिएको चिकित्सकहरुले जानकारी दिएका छन्।

त्यसैगरी मृत्यु भएका तीन जना मध्ये दुई जना छात्रा रहेका छन भने एक जना छात्र रहेका छन ।

प्रकाशित मिति: १२:५७ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्