कांग्रेस धनकुटा सभापतिमा दिनेश राई विजयी
धनकुटा, मंसिर १५ : नेपाली कांग्रेस धनकुटा जिल्ला सभापतिमा दिनेश राई विजयी भएका छन्।प्रतिस्पर्धी कमोट फागोलाई ३४ मत अन्तरले पराजित गर्दै उनी सभापति...
धनकुटा, मंसिर १५ : नेपाली कांग्रेस धनकुटा जिल्ला सभापतिमा दिनेश राई विजयी भएका छन्।
प्रतिस्पर्धी कमोट फागोलाई ३४ मत अन्तरले पराजित गर्दै उनी सभापति बनेका हुन्। आज (बुधबार) बिहान सार्वजनिक मतपरिणामअनुसार राईले ५०४ मत प्राप्त गर्दा फागोले ४७० मत मात्रै पाए।
उपसभापतिमा सुनिल डंगोल र निर्मल ओझा विजयी भएका छन्। डंगोलले ४६६ र आझाले ४३० मत प्राप्त गरे।
सचिवमा विजय सन्तोषी राई ६२६ र जयन्द्र घिसिङ ४३९ मत प्राप्त गरी विजयी भए। सहसचिवमा रोशन श्रेष्ठ ५१८ र गिरिजा दाहाल ४६६ मतसहित विजयी भए।
प्रकाशित मिति: १२:३५ बजे, बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











