Kathmandu Press

त्रिभुवन विमानस्थलमा आन्तरिक हवाई यात्रुका लागि निशुल्क बससेवा सुरु, पर्यटन मन्त्रीद्वारा उद्घाटन

काठमाडौं, मंसिर १५ः त्रिभुवन विमानस्थलमा आन्तरिक हवाई सेवाका यात्रुका लागि निशुल्क बस सेवा सुरु भएको छ । नागरिक उड्ययन प्राधिकरणले यात्रु सुविधालाई मध्यनजर...
त्रिभुवन विमानस्थलमा आन्तरिक हवाई यात्रुका लागि निशुल्क बससेवा सुरु, पर्यटन मन्त्रीद्वारा उद्घाटन

काठमाडौं, मंसिर १५ः त्रिभुवन विमानस्थलमा आन्तरिक हवाई सेवाका यात्रुका लागि निशुल्क बस सेवा सुरु भएको छ । नागरिक उड्ययन प्राधिकरणले यात्रु सुविधालाई मध्यनजर गर्दै निशुल्क बस सेवा सुरु गरेको हो। 

बुधबार पर्यटनमन्त्री प्रेमबहादुर आलेले निःशुल्क बस सेवाको औपचारिक उद्घाटन गरेका हुन् । प्राधिकरणले आन्तरिक हवाई सेवाका यात्रुहरुका लागि मूल प्रवेशद्वार देखि आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न तीनवटा हायस सञ्चालन गरेको छ। 

शुरुवातमा आन्तरिका हवाई सेवाका यात्रुहरुलाई प्राथमिकता दिएको र निकट भविष्यमा आन्तरिक यात्रुलाई छुट्टै लेनबाट सेवा विस्तार गरिने प्राधिकरणका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। 

ठाकुरले अन्तर्राष्ट्रिय रोजगार अन्तर्गत खाडी मुलुकमा जाने श्रमिकका लागि प्रतिक्षालयको व्यवस्था पनि सुरु गरेको बताएका छन्। उनका अनुसार तत्कालका लागि ३५ जना क्षमताको प्रतिक्षालयको व्यवस्था भएको र छिट्टै दुई सय जना क्षमताको प्रतिक्षालय बनाइने छ। 

विमानस्थलको टर्मिनलमा रहेको श्रमकक्ष नजिकै प्रतिक्षालय तयार पारिएको उनले बताए। 
 

प्रकाशित मिति: १२:३३ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्