Kathmandu Press

सर्वोच्चमा पहिलाेपटक गोलाप्रथाबाट पेसी तोकियो, न्यायाधीशहरु इजलासमा फर्किए 

काठमाडौं, मंसिर १५ः सर्वोच्च अदालतमा पहिलोपटक गोलाप्रथाबाट पेसी तोकिएको छ। यसअघि प्रधानन्यायाधीशले पेसी तोक्दै आएका थिए। सर्वोच्चका न्यायाधीशहरुले अपारदर्शी थैलीमा राखिएको गोला थुतेर बुधबार...
सर्वोच्चमा पहिलाेपटक गोलाप्रथाबाट पेसी तोकियो, न्यायाधीशहरु इजलासमा फर्किए 

काठमाडौं, मंसिर १५ः सर्वोच्च अदालतमा पहिलोपटक गोलाप्रथाबाट पेसी तोकिएको छ। यसअघि प्रधानन्यायाधीशले पेसी तोक्दै आएका थिए। 

सर्वोच्चका न्यायाधीशहरुले अपारदर्शी थैलीमा राखिएको गोला थुतेर बुधबार गोला प्रथाको सुरुवात गरका हुन् । यसअघि इजलास बहिस्कार गर्दै आइरहेका न्यायाधीशहरु गोलाप्रथा सुरु भएपछि इजलासमा फर्किएका छन्। 

सर्वोच्चमा आज दशवटा इजलास गठन भएका छन्। न्यायाधीशहरू मीरा खड्काका लागि एकल इजलासमा पेशी तोकिएको छ ।

त्यस्तै न्यायाधीशहरू दीपककुमार कार्की र​ टंकबहादुर मोक्तान, हरिकृष्ण कार्की र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र​ वमकुमार श्रेष्ठ, विश्वम्भरप्रसाद श्रेष्ठ र​ वमकुमार श्रेष्ठ, आनन्दमोहन भट्टराई र मनोजकुमार शर्मा, अनिलकुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाल, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगाना तथा तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलास गठन भएको छ ।

मंगलबार मात्रै नेपाल बार एशोसिएसनले पनि विज्ञप्ति जारी गरेर गोला प्रक्रियाबाट पेसी तोक्ने कामको स्वागत गरेको छ ।

प्रकाशित मिति: ११:२२ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्