बागलुङमा जीप दुर्घटना, एकको मृत्यु
बागलुङ, मंसिर १५ : बागलुङको काठेखोला गाउँपालिका–१ पालामा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा तीन घाइते भएका छन्।मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षते...
बागलुङ, मंसिर १५ : बागलुङको काठेखोला गाउँपालिका–१ पालामा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा तीन घाइते भएका छन्।
मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज बा १८ च ५६७७ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा बागलुङ नगरपालिका–७ सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार दुर्घटनामा बागलुङ नगरपालिका–१ रामरेखाका ४६ वर्षीय टकबहादुर बोहोरा, ४४ वर्षीय दिनेश गिरी र २५ वर्षीय अजय शिवाकोटी घाइते भएका छन्।
घाइतेको धवलागिरि अस्पतालमा उपचार भइरहेको छ। जीपमा सात जना सवार थिए। चालक भागेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०८:४९ बजे, बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











