Kathmandu Press

आज राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सुरू हुँदै

काठमाडौं, मंसिर १५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ।काठमाडौंको भृकुटीमण्डपमा आज बिहान ११ बजे उद्घाटन समारोह...
आज राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सुरू हुँदै

काठमाडौं, मंसिर १५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ।

काठमाडौंको भृकुटीमण्डपमा आज बिहान ११ बजे उद्घाटन समारोह हुने भएको छ। आज उद्घाटन हुने महाधिवेन तीन दिनसम्म चल्नेछ।

राप्रपाले यसलाई एकताको महाधिवेशन भनेको छ। यो महाधिवेशनले नेतृत्व चयन गर्नेछ।

अहिले राप्रापा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा देखिएका छन्। थापाले हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि आफूले नेतृत्वमा आउन चाहेको जनाएका छन्। लिङ्देनले अब नयाँ पुस्ता नेतृत्वमा आउनुपर्ने अजेन्डा अघि सारेका छन्।

राप्रपा एकीकरण पछि तीन अध्यक्ष छन्। अध्यक्ष थापाले उम्मेदवारी घोषणा गरिसकेका छन्।

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन जनाएका छन्। त्यस्तै, तेस्रो अध्यक्ष पशुपति शम्शेर राणाले सर्वसम्मति गर्नुपर्ने जनाउँदै निर्वाचन प्रक्रियामा सहभागी नहुने बताएका छन्।

राप्रपाको महाधिवेशनमा तीन हजार प्रतिनिधि सहभागी हुँदै छन्। राप्रपाले तीन सय ३० प्रदेश सभा क्षेत्रबाट कम्तिमा नौ जना र सक्रिय सदस्य बढी भएको क्षेत्रबाट थप दुई जनाका दरले प्रतिनिधि छनोट गरेको छ।

 

प्रकाशित मिति: ०७:३८ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्