Kathmandu Press

कर्णालीका नवनियुक्त मन्त्री विष्टले लिए शपथ

सुर्खेत, मंसिर १५ : कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनीयताको शपथ लिएका छन्।कर्णाली प्रदेश प्रमुख तिलक परियारले...
कर्णालीका नवनियुक्त मन्त्री विष्टले लिए शपथ

सुर्खेत, मंसिर १५ : कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनीयताको शपथ लिएका छन्।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त योजनामन्त्री विष्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। विष्टलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार मन्त्री नियुक्त गरेका थिए।

मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजनामन्त्री विष्टलाई नियुक्त गरेपछि प्रदेश सरकारको मन्त्रिपरिषद् तीन सदस्यीय बनेको छ। मन्त्री विष्टले पदबहाली गरेका छन्।

सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त बैठकले विष्टलाई मन्त्रीमा सिफारिश गरेको थियो। उनी माओवादीका प्रदेश सभा सदस्य हुन्।

प्रकाशित मिति: ०६:५० बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्