अहंकारी हुनेहरू नेता बन्न सक्दैनन् : नवनिर्वाचित अध्यक्ष ओली
काठमाडौं, मंसिर १४ : एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटनमा ५ लाख भन्दा बढी जनसहभागिता भएको दाबी गरेका छन् ।मंगलबार साँझ...
काठमाडौं, मंसिर १४ : एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटनमा ५ लाख भन्दा बढी जनसहभागिता भएको दाबी गरेका छन् ।
मंगलबार साँझ नवनियुक्त पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ५ लाख भन्दा बढी नै सङ्ख्या पुग्ने गरी सहभागिता रहेको दाबी गरेका हुन् । यस्तै ओलीले पार्टीमा अनुशासन कायम गर्ने कुरामा दृढताका साथ कदम चाल्न निर्देशन दिदैं अनुशासन बिनाको पार्टी बजारमात्र हुने पार्टी नहुने सबैलाई सचेत पनि गराए ।
यस्तै उनले आफ्नो पार्टीमा आन्तरिक तथा बाह्य हमला हुने गरेको पनि जनाए । उनले नेताहरू अहंकारी नहुने र कुनै पनि अहंकारी हुनेहरू नेता नहुने बताएका छन्। यस्तै महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरूलाई उनले बधाई समेत दिएका छन्।
उनले अबको तीन महिनासम्म एकीकरणको अभियान सञ्चालन गर्ने जानकारी दिदैं त्यो एकीकरण पार्टी–पार्टीबीच नभई कार्यकर्ता एकीकरणको अभियान हुने प्रष्टाए ।











