कांग्रेस नेता जोशीद्वारा गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा
गण्डकी, मंसिर १४ : नेपाली कांग्रेसका नेता अर्जुनप्रसाद जोशीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पोखरामा आज...गण्डकी, मंसिर १४ : नेपाली कांग्रेसका नेता अर्जुनप्रसाद जोशीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पोखरामा आज उम्मेदवारी घोषणा गर्दै उनले गण्डकी प्रदेशमा पार्टी सङ्गठन बलियो बनाउन, कांग्रेसको पहिचन राख्न सक्ने उम्मेदवार बन्न साथीहरूले आग्रह गरेकाले अगाडि बढेको बताए।
कांग्रेसको अधिवेशन केवल पार्टीका लागि मात्र नभई नेपालको राष्ट्रियतालाई बलियो बनाउनुको साथसाथै जनताको अधिकार स्थापित गर्नका लागि कोसेढुङ्गा सावित हुनुपर्ने उनले बताए। अधिवेशन कसैको जित हारभन्दा पनि कांग्रेसलाई जनताको पार्टी बनाउने र जनताको बीचमा स्थापित गराउने अभियानमा रहेको उनले स्पष्ट पारे। पर्वतमा लामो समय पार्टी सभापतिको जिम्मेवारी सम्हालेका पूर्वसांसद जोशी हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्।
प्रकाशित मिति: २०:३६ बजे, मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१