Kathmandu Press

साइबेरियाको खानीमा मिथेन विष्फोट हुँदा घाइते हुनेको संख्या ९६ पुग्यो

केमेरोभो, मंसिर १४ : साइबेरियाको केमेरोभो क्षेत्रको लिस्टभ्याज्नाया खानीमा मिथेन विष्फोटमा घाइते हुनेहरूको संख्या बढेर ९६ पुगेको छ।यहाँस्थित आपतकालीन सेवाका प्रवक्ताले स्पुतनिकलाई बताए...
साइबेरियाको खानीमा मिथेन विष्फोट हुँदा घाइते हुनेको संख्या ९६ पुग्यो

केमेरोभो, मंसिर १४ : साइबेरियाको केमेरोभो क्षेत्रको लिस्टभ्याज्नाया खानीमा मिथेन विष्फोटमा घाइते हुनेहरूको संख्या बढेर ९६ पुगेको छ।

यहाँस्थित आपतकालीन सेवाका प्रवक्ताले स्पुतनिकलाई बताए अनुसार खानीमा भएको दुर्घटनामा ४३ खानी उद्धारकर्तासहित ९६ जना घाइते भएका छन्।

मंसिर २५ गते बिहानै लिस्टभ्याज्नाया खानीमा धुवाँ निस्किएको थियो र त्यहाँ  रहेका २ सय ८५ जना मध्ये अधिकांशलाई बाहिर निकालिएको थियो।

प्रारम्भिक तथ्याङ्क अनुसार एक्कासि मिथेन विष्फोट भएको थियो। उक्त दुर्घटनामा कुल ५१ जना मारिएका छन् ती मध्ये ४६ खानीमा कार्यरत थिए भने अन्य पाँच जना खानी उद्धारकर्ता थिए।

प्रकाशित मिति: १९:५० बजे, मंगलबार, मंसिर १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्