अध्यक्ष ओली सहित एमाले केन्द्रीय कमिटी सदस्यहरुले लिए सपथ, भीम रावलले मानेनन्
काठमाडौं, मंसिर १४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् ।सौराहमा भएको दशौं महाधिवेशनले ओलीको नेतृत्वमा ३०१...
काठमाडौं, मंसिर १४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
सौराहमा भएको दशौं महाधिवेशनले ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो । नेकपा एमालेका नवनिर्वाचित केन्द्रीयहरुले पनि सपथ लिएका छन्। मंगलबार निर्वाचन परिणाम सार्वजनिक भएसँगै सदस्यहरुले सपथ लिएका हुन्।
केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीले सपथ खुवाएका हुन्। अध्यक्ष ओलीलाई सुरुमा केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले सपथ खुवाएका थिए। केन्द्रीय कमिटीमा विजयी भएका भनिएका भीम रावलले भने सपथ लिएनन्। उनले आफूले सदस्यमा उम्मेदवारी नदिएको भन्दै सदस्यमा सपथ नलिएका हुन्।
अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथका लागि उभिन आग्रह गर्दा सबै उठे, तर रावल बसेको सिटबाट नउठेका हुन् । अध्यक्षमा उम्मेदवार बनेका रावल केपी शर्मा ओलीसँग पराजित भएका थिए।
रावलले २२३ मत ल्याएका थिए भने ओलीले १८३७ मत ल्याएर विजयी भएका थिए।











