Kathmandu Press

त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको पर्याय नै हो : प्रधानमन्त्री देउवा

काठमाडौं, मंसिर १४ : प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको पर्याय नै भएको बताएका छन् ।विश्वविद्यालयको आर्थिक...
त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको पर्याय नै हो : प्रधानमन्त्री देउवा

काठमाडौं, मंसिर १४ : प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको पर्याय नै भएको बताएका छन् ।

विश्वविद्यालयको आर्थिक वर्ष २०७८-७९ को प्रस्तावित बजेट छलफल गरी पारित गर्न आज बसेको विश्वविद्यालय सभाको साधारण बैठकमा उनले विश्वविद्यालयले नेपालको उच्च शिक्षामा आफ्नो पृथक पहिचान र गरिमामय इतिहास कायम राखेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले भने, “नेपालको उच्च शिक्षाको विकास र विस्तारमा त्रिभुवन विश्वविद्यालयको प्रेरणादायी भूमिका छ । यसका साथै देशले अङ्गिकार गरेको उच्च शिक्षा नीति कार्यान्वयनमा त्रिविले निर्वाह गरेको भूमिका ज्यादै महत्वपूर्ण छ ।

उच्च शिक्षाको विकास र विस्तार कार्यमा त्रिभुवन विश्वविद्यालयले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै सक्षम जनशक्ति उत्पादन गर्न सफल हुनेछ भन्ने मेरो विश्वास छ ।” नेपालले लामो समयसम्म राजनीतिकरूममा लोकतान्त्रिक आन्दोलन र विकासमा समय व्यतीत गर्नुपरेको उल्लेख गर्दै उनले देशमा राजनीतिक स्थिरता कायम हुँदा मात्र विश्वविद्यालयको व्यवस्थापन र शैक्षिक गुणस्तर सुधारका लागि वातावरण बन्ने बताए ।

पछिल्लो समयमा अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीयस्तरका विश्वविद्यालयमा गरिने अनुसन्धान तथा ती विश्वविद्यालयबीचको अन्तक्र्रियाले नेपालका समग्र विश्वविद्यालयले विश्व बजारमा प्रतिस्पर्धी सीपसहितका सक्षम जनशक्ति नेपालमै उत्पादन गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्दै उहाँले त्रिभुवन विश्वविद्यालयको वर्तमान नेतृत्वले आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने अपेक्षा व्यक्त गरे ।

त्रिभुवन विश्वविद्यालयका चारैवटा अनुसन्धान केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न विश्वविद्यालयले समयसारणीसहितको कार्ययोजनाका साथ अग्रसरता लिनुपर्ने आवश्यकता औल्याउँदै प्रधानमन्त्री देउवाले त्रिभुवन विश्वविद्यालयका प्राध्यापकलाई अनुसन्धान कार्यमा सहभागी गराई उनीहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए ।

मुलुकको समग्र विकास र समृद्धिको आधार शिक्षा नै भएको उल्लेख गर्दै उनले त्रिभुवन विश्वविद्यालयले शैक्षिक नीतिहरूसँग तादाम्यता कायम गर्दै प्रतिस्पर्धी युगमा प्रभावकारी शिक्षणका लागि शैक्षिक वातावरणमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । 

प्रकाशित मिति: १९:३० बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्