Kathmandu Press

२४ घण्टामा २ लाख ११ हजार वढीले लगाए कोरोनाविरुद्धको खोप 

काठमाडौं, मंसिर १४ : पछिल्लो २४ घण्टामा देशभर दुई लाख ११ हजार जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।सरकारले देशभर १८ वर्षमाथिका...
२४ घण्टामा २ लाख ११ हजार वढीले लगाए कोरोनाविरुद्धको खोप 

काठमाडौं, मंसिर १४ : पछिल्लो २४ घण्टामा देशभर दुई लाख ११ हजार जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

सरकारले देशभर १८ वर्षमाथिका सबैलाई कोरोना भाइरसविरुद्धको खोप लगाइरहेकामा पछिल्लो एकै दिन दुई लाख ११ हजार पाँच सय ५३ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

यो सहित नेपालमा ८४ लाख ३७ हजार आठ सय ६० जनाले पूर्ण मात्रा र ९८ लाख ७९ हजार ६ सय ४८ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् । 

प्रकाशित मिति: १८:२२ बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्