Kathmandu Press

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामा बस्ने

साैराह, मंसिर १४ : नेकपा (एमाले)को दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने भएको छ। नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक...
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामा बस्ने

साैराह, मंसिर १४ : नेकपा (एमाले)को दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने भएको छ। नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशन स्थल सौराहामै हुने तय भएको नेता विष्णु रिजालले जानकारी दिए।

एमालेमा नयाँ नेतृत्व चयनका लागि आज बिहान मतदान भएको छ। अहिले मतगणना सकिएको छ। अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यका लागि निर्वाचन भएको थियो। महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भइसकेका छन्।

सबै मतपरिणाम आएपछि सदस्यको टुङ्गो लाग्ने जनाइएको छ। मतदानमा दुई हजार १५३ जनाको मताधिकार रहेकामा दुई हजार ९६ जनाले मात्रै मत खसालेको निर्वाचन आयोगले जनाएको छ। एमालेको यही मङ्सिर १० गतेदेखि चितवनमा जारी १० औँ महाधिवेशन आज सकिँदैछ। दुई दिनका लागि तय भएको महाधिवेशन चार दिनसम्म लम्बिएको छ। 

प्रकाशित मिति: १८:२१ बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्