अछाममा बस दुर्घटनामा दुईको मृत्यु, २९ जना घाइते
अछाम, मंसिर १४: अछामको मंलसेनमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मंगलसेनबाट टीकापुर जाँदै गरेको ना६ख ८२९ नम्बरको बस मंगलबार दिउँसो...
अछाम, मंसिर १४: अछामको मंलसेनमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मंगलसेनबाट टीकापुर जाँदै गरेको ना६ख ८२९ नम्बरको बस मंगलबार दिउँसो कैलाश खोला नजिकै दुर्घटना भएको थियो ।
सो दुर्घटनामा घटनास्थलमै २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा मंगलसेन–१४ का ५७ वर्षीय टेक भण्डारी र वडा नंंन १ का अन्दाजी २२ वर्षीय एकेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। दुर्घटनामा परी २९ जना घाइते भएको पनि प्रहरीले जनाएको छ।
दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइते भएकालाई बयालपाटा र जिल्ला अस्पताल मंगलसेनमा उपचारमा लागि पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८:११ बजे, मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











