ओलीको 'कम्फर्टेबल टिम'
१९ सदस्यीय पदाधिकारीमध्य ५ जना निर्विरोध निर्वाचित भए । निर्विरोध निर्वाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल रहेका छन्।
काठमाडौं, मंसिर १४ : नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनले १९ सदस्यीय पदाधिकारी चयन गरेको छ । चितवनको सौराहामा सम्पन्न महाधिवेशनले ३०१ केन्द्रीय सदस्य र १९ पदाधिकारी चयन गरेको हो।
१९ सदस्यीय पदाधिकारीमध्य ५ जना निर्विरोध निर्वाचित भए । निर्विरोध निर्वाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल रहेका छन्।
बाँकी १४ पदाधिकारी भने निर्वाचनबाट चयन भएका हुन् । बन्दसत्रमा ओलीले प्रस्ताव गरेको पदाधिकारीमा असन्तुष्ठ रहेका नेताहरुले उम्मेदवारी दिएपछि उपाध्यक्ष र सचिव भने निर्वाचन प्रकृयाबाट टुङ्गो लगाइएको हो।
निर्वाचित उपाध्यक्षहरुमा सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र रामबहादुर थापा बादल रहेका छन्। त्यस्तै सचिव पदमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका छन्।
उपाध्यक्ष र सचिव पदमा निर्वाचित भएका सबै पदाधिकारीहरु ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् ।
निर्वाचित उम्मेदवारले पाएको मत परिणाम औपचारिक रूपमा एकैपटक सार्वजनिक गरिने भएको छ । सोको लागि शपथ ग्रहण समारोह समेत सुरु भइसकेको छ।






