Kathmandu Press

एमाले महाधिवेशनः पूर्वमाओवादी तर्फका तीनैजना उम्मेदवार विजयी  

काठमाडौं, मंसिर १४ः नेकपा एमालेका दसौं महाधिवेशनबाट तीनजना पूर्वमाओवादी पृष्ठभुमीका नेताहरु पदाधिकारी चुनिएका छन्। नेकपा विघटन हुँदा एमालेमा लागेका तीन शीर्ष नेताहरु एमालेको...
एमाले महाधिवेशनः पूर्वमाओवादी तर्फका तीनैजना उम्मेदवार विजयी  

काठमाडौं, मंसिर १४ः नेकपा एमालेका दसौं महाधिवेशनबाट तीनजना पूर्वमाओवादी पृष्ठभुमीका नेताहरु पदाधिकारी चुनिएका छन्। नेकपा विघटन हुँदा एमालेमा लागेका तीन शीर्ष नेताहरु एमालेको पदाधिकारी निर्वाचित भएका हुन्। 

मंगलबार अपराह्न सम्पन्न मतगणना अनुसार रामबहादुर थापा बादल एमाले उपाध्यक्ष निर्वाचित भएका छन् । त्यस्तै टोपबहादुर रायमाझी र लेखराज भट्ट सचिव निर्वाचित भएका छन्। 

कुल २ हजार १३५ प्रतिनिधिमध्य २ हजार ९६ जनाले मतदान प्रकृयामा भाग लिएका थिए। बादलले १ हजार ७६८ मत प्राप्त गरेका छन् । सचिवमा निर्वाचित भएका टोपबहादुर रायमाझीले १७०० मत पाए भने लेखराज भट्टले १७०४ मत ल्याएका छन्। 

प्रकाशित मिति: १६:५० बजे, मंगलबार, मंसिर १४, २०७८