Kathmandu Press

एमालेमा ७ जना सचिवको टुङ्गो, भीम आचार्य र टंक कार्की पराजित 

काठमाडौं, मंसिर १४ः नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनले ७ जना सचिवको टुङ्गो लगाएको छ ।  मंगलबार सम्पन्न मतगणनाबाट  सचिव पदमा  गोकर्ण विष्ट, योगेश भट्टराई,...
एमालेमा ७ जना सचिवको टुङ्गो, भीम आचार्य र टंक कार्की पराजित 

काठमाडौं, मंसिर १४ः नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनले ७ जना सचिवको टुङ्गो लगाएको छ । 

मंगलबार सम्पन्न मतगणनाबाट  सचिव पदमा  गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन्।

तीमध्य गोकर्ण विष्टले सबैभन्दा बढी मत प्राप्त गरेका छन्। विष्टले १९७६ मत प्राप्त गर्दा योगेश भट्टराईल १९६४, छविलाल र पद्माले समान १८०० मत पाएका छन् भने लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन् । 

ओलीले प्रस्तुत गरेको सूचीमा असन्तुष्टि हुँदै सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंकप्रसाद कार्की भने पराजित भएका छन्।  

प्रकाशित मिति: १६:४१ बजे, मंगलबार, मंसिर १४, २०७८