घनश्याम भुसाल एमाले उपाध्यक्षमा पराजित
उपाध्यक्ष पदमा सबैभन्दा बढी मत अष्टलक्ष्मी शाक्यले प्राप्त गरेकी छन् । सर्वसम्मत् अस्वीकार गर्दैै उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका घनश्याम भुसाल भने पराजित भएका छन्।
काठमाडौं, मंसिर १४ः नेकपा एमालेका दसौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षका लागि भएको निर्वाचन घनश्याम भुसाल पराजित भएका छन्। केहीबेर अघि सकिएको मतगणनामा भुसालले सबैभन्दा थोरै मत प्राप्त गरेका हुन्।
बन्दसत्रमा केपी शर्मा ओलीले सर्वसम्मतीका लागि पेश गरेको सूचीमा असन्तुष्टि जनाउँदै भुसाले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । उपाध्यक्षका उम्मेदवारमध्य सबैभन्दा बढी मत अष्टलक्ष्मी शाक्यले प्राप्त गरेकी छन्।
शाक्यले १९७६ मत प्राप्त गर्दा सुरेन्द्र पाण्डेले १९२५ मत ल्याएका छन्। त्यस्तै विष्णु पौडेलले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र बादलले १७६८ मत पाएका छन्। औपचारिक परिणाम भने केहीबेरमा सार्वजनिक हुनेछ।
प्रकाशित मिति: १६:०८ बजे, मंगलबार, मंसिर १४, २०७८
थप समाचार






