Kathmandu Press

एमाले अध्यक्षमा लडेका भीम रावलले पाए २१३ मत 

काठमाडौं, मंसिर १४ : नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासी भीम रावल पराजित भएका छन्। केहीबेर अघि सम्पन्न मतगणना अनुसार रावल केपी शर्मा...
एमाले अध्यक्षमा लडेका भीम रावलले पाए २१३ मत 

काठमाडौं, मंसिर १४ : नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासी भीम रावल पराजित भएका छन्। केहीबेर अघि सम्पन्न मतगणना अनुसार रावल केपी शर्मा ओलीसँग फराकिलो मतान्तरले पराजित भएका हुन्। 

अध्यक्षमा ओलीले १ हजार ८०८ को भारी मत प्राप्त गर्दा रावलले भने २१३ मत मात्र प्राप्त गरेका छन् । यससँगै ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएका छन्। 

पराजय भोगेका रावलले भने पार्टीको कुनैपनि समितिमा नबस्ने घोषणा यसअघि नै गरिसकेका छन् । अध्यक्षमा उम्मेदवारी दिएका रावलको नाम केन्द्रीय समितिमा पनि देखिएपछि उनले सो घोषणा गरेका थिए । 

अध्यक्षको मतगणना सकिएपछिअन्य पदाधिकारीहरुको पनि मतगणना शुरु भएको छ। 

प्रकाशित मिति: १५:५४ बजे, मंगलबार, मंसिर १४, २०७८