केपी ओली एमाले अध्यक्षमा निर्वाचित
चितवनमा सम्पन्न दसौं महाधिवेशनमा भीम रावललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।
काठमाडौं, मंसिर १४ : केपी शर्मा ओली दोस्रोपटक नेकपा एमालेको अध्यक्ष निर्वाचित भएका छन्। चितवनमा सम्पन्न दसौं महाधिवेशनमा भीम रावललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।
केहीबेर अघि सम्पन्न मतगणनामा ओली १८०८ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएको एमाले केन्द्रीय निर्वाचन समितिका सचिव चिरञ्जीवी खतिवडाले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्।
उनका अनुसार अध्यक्ष पदका लागि ओलीसँग प्रतिस्पर्धा गरेका भीम रावलले भने २१३ मतमात्र प्राप्त गरेका छन्।
प्रकाशित मिति: १५:२९ बजे, मंगलबार, मंसिर १४, २०७८
थप समाचार






