एमालेको मतगणना जारी : ओलीले एक हजार बढी मत पाउँदा रावलको १५० भन्दा कम
काठमाडौं, मंसिर १४ः नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । दिउँसो १ बजेपछि शुरु भएको मतगणनामा अध्यक्ष पदमा केपी...
काठमाडौं, मंसिर १४ः नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । दिउँसो १ बजेपछि शुरु भएको मतगणनामा अध्यक्ष पदमा केपी ओलीले फराकिलो अन्तरसहित अग्रता लिएका छन्।
मतगणनाको शुरुवातदेखि नै ओलीले अग्रता लिएका थिए । केहीबेर अघिको विवरणमा अध्यक्ष पदका लागि ओलीले १ हजार १३० मत प्राप्त गर्दा प्रत्यासी भीम रावलले १३५ मत प्राप्त गरेका छन्।
कुल २ हजार १३५ प्रतिनिधिमध्य २ हजार ९६ जनाले मात्र मतदान गरेका छन्।
प्रकाशित मिति: १४:४७ बजे, मंगलबार, मंसिर १४, २०७८
थप समाचार






