Kathmandu Press

एमाले अध्यक्षमा ओलीको अग्रताः ओलीले ४ सय भोट ल्याउँदा रावलको ४२ मात्रै 

अध्यक्षमा केपी शर्मा ओलीले ४ सय बढी मत प्राप्त गर्दा प्रत्यासी भीम रावलले भने ४२ मत मात्र प्राप्त गरेका छन्। 
एमाले अध्यक्षमा ओलीको अग्रताः ओलीले ४ सय भोट ल्याउँदा रावलको ४२ मात्रै 

काठमाडौं, मंसिर १४ः नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओलीले अग्रता लिएका छन् । केहीबेर अघि सार्वजनिक भएको प्रारम्भिक मतपरिणाममा ओलीले फराकिलो अन्तरले अग्रता लिएका हुन् । 

अध्यक्षमा केपी शर्मा ओलीले ४ सय बढी मत प्राप्त गर्दा प्रत्यासी भीम रावलले भने ४२ मत मात्र प्राप्त गरेका छन्। 

बिहान ११ बजे मतदान सकिएपनि मतगणना भने केहीबेर अघिमात्रै शुरु भएको हो। दिउँसो तीन बजेसम्म सम्पूर्ण नतिजा आइसक्ने निर्वाचन समितिले जनएको छ। 

जारी महाधिवेशनमा २ हजार १३५ प्रतिनिधिमध्य  ५७ जनाले मत दिएनन् ।
 
प्रकाशित मिति: १४:१२ बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्