Kathmandu Press

एमाले महाधिवेशन : मतगणना शुरु, दुई घण्टाभित्र नतिजा आउने

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ। बिहान ११ बजे मतदान सकिएकोमा मतगणना भने साढे पौने २ बजे सुरु भएको हो। 
एमाले महाधिवेशन : मतगणना शुरु, दुई घण्टाभित्र नतिजा आउने

काठमाडौं, मंसिर १४ः नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ। बिहान ११ बजे मतदान सकिएकोमा मतगणना भने साढे पौने २ बजे सुरु भएको हो। 

मतदानमा एमालेको कुल २ हजार १३५ प्रतिनिधि मध्य २ हजार १२४ जनाले मतदान गरेका थिए। विद्युतीय प्रणालीबाट मतदान गरिएका कारण मतगणनका लागि धेरै समय नलाग्ने एमालेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

समितिका अनुसार मतगणनाको दुई घण्टाभित्र नतिजा सार्वजनिक हुनेछ। 

आजको मतपरिणामले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा केपी ओली र भीम रावलमध्य एकजना निर्वाचित हुनेछन्। उपाध्यक्षमा सुवास नेम्वाङ, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, घनश्याम भुसाल र रामबहादुर थापा बादलबाट ६ जना निर्वाचित हुनेछन्।

त्यस्तै टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट, पद्मा अर्याल, भीम आचार्य र टंक कार्की मध्यबाट ७ जना सचिव निर्वाचित हुनेछन्। 

प्रकाशित मिति: १३:४९ बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्