Kathmandu Press

भारतमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सतर्कता

नयाँ दिल्ली, मंसिर १४ः हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको छ।भारतमा चार दिनअघि दक्षिण...
भारतमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सतर्कता
Hardik ivf

नयाँ दिल्ली, मंसिर १४ः हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको छ।

भारतमा चार दिनअघि दक्षिण अफ्रिकाबाट आएका एकजना ३२ वर्षीय युवकलाई पिसीआरको रिपोर्ट पोजेटिभ आएपछि उनलाई उच्च निगरानीमा राखिएको बताइएको छ।
 
तर पनि उनलाई कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन हो कि होइन भन्ने बारेमा स्पष्ट भने भइसकेको छैन । नयाँ दिल्लीका स्वास्थ्य अधिकारीहरुले दक्षिण अफ्रिकाबाट आएका ती नागरिकमा यो नयाँ भेरियन्ट भेटिन सक्ने अनुमान मात्र गरिएको बताएका छन्।

दक्षिण अफ्रिकामा हालैमात्र भेटिएको भनिएको सो भेरियन्ट विश्वका कैयौँ देशमा फैलिइरहेको बताइएको छ । विश्वका अरु पनि कैयौँ देशले यो भाइरसबाट बच्नका लागि अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेका प्राप्त समाचारमा जनाइएको छ।
 
भारतको नयाँ दिल्लीमा र अरु पनि अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइएको छ । यहाँ अफ्रिकाबाट आउने उडान रोकिएको छ । त्यस्तै यात्रुहरुको पिसीआर परीक्षणलाई अनिवार्य गरिने गरी नयाँ मापदण्डहरु लागू गरिएको छ।

प्रकाशित मिति: १३:२२ बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्