Kathmandu Press

नेपाली कांग्रेसको बर्दिया जिल्ला सभापतिमा राठौर निर्वाचित 

नेपाली कांग्रेसको बर्दिया जिल्ला सभापतिमा राठौर निर्वाचित 

काठमाडौं, मंसिर १४ः नेपाली काँग्रेसको बर्दिया जिल्ला सभापतिमा अरुणप्रकाश सिंह राठौर निर्वाचित भएका छन्।  मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणाममा राठौरले भुवनेश्वर चौधरीलाई पराजित गरेका हुन् ।

निर्वाचन समितिका अनुसार जिल्ला सभापतिमा विजयी राठौरले ८८० मत प्राप्त गरेका हुन् । उनी संस्थापन समूहबाट उम्मेदवार बनेका थिए । उनका प्रतिस्पर्धी चौधरीले ६७८ मत पाएका हुन् । उनी लुम्बिनी प्रदेश सभाका सांसद पनि हुन् ।

त्यस्तै उपसभापतिमा सोदे विष्ट र गोविन्दप्रसाद थारू, सचिवमा मिनराज चौधरी र जग्गाप्रसाद पाण्डे निर्वाचित भएका छन् भने दुई सहसचिवमा तिलकराम लम्साल र मेकबहादुर गुरुङ विजयी भएका छन् ।

 

प्रकाशित मिति: १२:५९ बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्