Kathmandu Press

एमाले महाधिवेशनः तीन घण्टाभित्र नतिजा सार्वजनिक हुने

चितवन, मंसिर १४ः नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । एमाले चितवनका...
एमाले महाधिवेशनः तीन घण्टाभित्र नतिजा सार्वजनिक हुने

चितवन, मंसिर १४ः नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार निर्वाचनमा दुईहजार ९२ मत खसेको छ। 

महाधिवेशन प्रतिनिधि दुई हजार १५३ छन्। विद्युतीय प्रविधिबाट गरिएको मतदानको नतिजा तीन घण्टाभित्र आउने सो पार्टीको निर्वाचन आयोगले जनाएको छ ।  पदाधिकारितर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन भएको हो।

त्यस्तै, केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन भएको छ । अरू सबै पदमा सर्वसम्मत भएको थियो।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावल गरी दुई जनाले उम्मेदवारी दिनुभएको थियो ।  ६ जना उपाध्यक्षका लागि सातजना र सातजना सचिव पदका लागि नौ जनाको प्रतिस्पर्धा भएको छ। उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा  सुवास नेङ्वाङ, विष्णु पौडेल र घनश्याम भुसालको उम्मेदवारी छ। 

यस्तै सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्यमा अर्याल, भीम आचार्य र टङ्क कार्कीकोे उम्मेदवारी परेको थियो । केन्द्रीय समितिमा ८४ जना खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको थियो। प्रदेश १ ९भौगोलिक क्षेत्र० खुलातर्फ ६ सदस्यका लागि सात जनाले उम्मेद्वारी दिएका छन्, भने प्रदेश १ महिलामा तीन सदस्यका लागि चार जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।

त्यस्तै, समावेशी क्षेत्रको दलित खुलातर्फ ८ सदस्यका लागि नौ जना, थारू खुलामा पाँच सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा तीन सदस्यका लागि चार जना र सुदूर प्रदेशको महिलातर्फ तीन केन्द्रीय सदस्यका लागि ५ जनाबीच प्रतिस्पर्धा भएको छ।

प्रदेश १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि सात जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश एक महिलामा तीन सदस्यका लागि चार जनाको उम्मेदवारी परेको थियो । त्यस्तै, समावेशी क्षेत्रको दलित खुलातर्फ ८ सदस्यका लागि नौजना, थारू खुलामा पाँच सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा तीन सदस्यका लागि चार जना र सुदूर प्रदेशको महिलातर्फ तीन केन्द्रीय सदस्यका लागि पाँच जनाबीच प्रतिस्पर्धा भएको हो।

महाधिवेशनले ३०१ सदस्यीय केन्द्रियसमिति चयन गर्दै छ । महाधिवेशनको उद्घाटन सत्र यही मङ्सिर १० गते नारायणगढको नारायणी नदी किनारमा भएको थियो भने बन्द सत्र सौराहामा भएको हो । सर्वसहमतिको प्रयास असफल भएपछि आज निर्वाचन गरिएको हो।

प्रकाशित मिति: १२:१३ बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्