सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट
काठमाडौँ, मंसिर १४ः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले घटेर ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो...
काठमाडौँ, मंसिर १४ः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले घटेर ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ४०० तोकिएको छ यसको मूल्य सोमबार प्रतितोला ९१ हजार ५०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २०५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९० डलर आसपास कारोबार भइरहेको छ।
प्रकाशित मिति: ११:५६ बजे, मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











