Kathmandu Press

एमाले निर्वाचनमा ९९ प्रतिशत मत खस्यो 

काठमाडौं, मंसिर १४ः नेकपा एमालेको दसौं महाधिवेशनबाट पदाधिकारी चयनका लागि भएको निर्वाचनमा ९९ प्रतिशत मत खसेको छ। कुल २ हजार १३५ प्रतिनिधिमध्य २ हजार...
एमाले निर्वाचनमा ९९ प्रतिशत मत खस्यो 
निर्वाचन सम्पन्न भएकाे जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख याेगेश भट्टराइ

काठमाडौं, मंसिर १४ः नेकपा एमालेको दसौं महाधिवेशनबाट पदाधिकारी चयनका लागि भएको निर्वाचनमा ९९ प्रतिशत मत खसेको छ। 

कुल २ हजार १३५ प्रतिनिधिमध्य २ हजार ११४ मत खसेको एमालेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। सो संख्या भनेको कुल मतदाताको ९९ प्रतिशत भन्दा बढी हो। 

मंगलबार बिहान ४ बजेदेखि शुरु भएको निर्वाचन करिब ११ बजेमात्र सकिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलो मतदान गरेर निर्वाचनको सुरुवात गरेका थिए । 

आजको निर्वाचनबाट एमालेको १४ नयाँ पदाधिकारी चयन गर्नेछ । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा ५ जना निर्विरोध निर्वाचित भइसकेका छन्। 

कुल १९ सदस्यीय पदाधिकारीमध्य अध्यक्ष,उपाध्यक्ष र सचिवहरु निर्वाचनको परिणामका आधारमा चयन हुनेछन् । अध्यक्षमा केपी ओली र भीम रावल प्रतिस्पर्धामा छन्। 

विद्युतीय प्रणालीबाट मतदान भएका कारण मतपरिणाम पनि चाँडै आउने बताइएको छ। 
 

प्रकाशित मिति: ११:४४ बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्