Kathmandu Press

एमाले महाधिवेशनः निर्धारित समयमा नसकिएपछि मतदान अवधि थपियो

काठमाडौँ, मंसिर १४ः  नेकपा एमलोको दसौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको अवधि थप गरिएको छ। निर्धारित समयमा मतदान नसकिएपछि समय थप...
एमाले महाधिवेशनः निर्धारित समयमा नसकिएपछि मतदान अवधि थपियो

काठमाडौँ, मंसिर १४ः  नेकपा एमलोको दसौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको अवधि थप गरिएको छ। निर्धारित समयमा मतदान नसकिएपछि समय थप गरिएको हो। 

यसअघि बिहान १० बजेसम्मका लागि निर्वाचन अवधि तोकिएको थियो। तर, तोकिएको अवधिमा करिब १८ सय प्रतिनिधिले मात्र मतदान गरेका छन्। बाँकी रहेका प्रतिनिधिहरुलाई थप आधा घण्टा समय थपिएको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिएका छन्। 

आजको निर्वाचनबाट एमालेमा अध्यक्ष, उपाध्यक्ष र सचिवव चयन गर्नेछ । अध्यक्ष पदका लागि केपी ओली र भीम रावल प्रतिस्पर्धामा छन् भने उपाध्यक्षका लागि सुवास नेम्वाङ, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुरेन्द्र पाण्डे प्रतिस्पर्धामा छन्। ७ प्रतिस्पर्धीबाट ६ जना उपाध्यक्ष चयन हुनेछन्। 

त्यस्तै ७ जना सचिव पदका लागि टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट, पद्मा अर्याल, भीम आचार्य र टंक कार्की प्रतिस्पर्धामा छन्। 

प्रकाशित मिति: १०:४५ बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्