Kathmandu Press

निर्वाचन इलाकामा आचारसंहिता विपरितका गतिविधि भयोः भीम रावल 

काठमाडौं, मंसिर १४ः नेकपा एमालेको दसौं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी भीम रावलले मतदान क्षेत्रमा निर्वाचन आचारसंहिता विपरितका गतिविधि भएको बताएका छन्। रावलले सामाजिक सञ्जालमार्फत...
निर्वाचन इलाकामा आचारसंहिता विपरितका गतिविधि भयोः भीम रावल 

काठमाडौं, मंसिर १४ः नेकपा एमालेको दसौं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी भीम रावलले मतदान क्षेत्रमा निर्वाचन आचारसंहिता विपरितका गतिविधि भएको बताएका छन्। 

रावलले सामाजिक सञ्जालमार्फत निर्वाचन इलाकामा आचारसंहित विपरित समूह सूची बाँढिएकोप्रति आपत्ती जनाएका छन्। आचारसंहित विपरितका गतिविधिको विरोध गर्दा आफूनिकट कार्यकर्तामाथि जाइलागेको समेत बताएका छन्।

उनले लोकतान्त्रिक विधि र पद्धतीलाई खण्डित गर्ने यस्ता प्रवृत्तीको निन्दा समेत गरेका छन्। ‘उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ’ सामाजिक सञ्जालमा रावलले लेखेका छन्,‘यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु’

प्रकाशित मिति: १०:३१ बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्