Kathmandu Press

निर्वाचन परिणाम सहर्ष स्वीकार्ने भीम रावलको स्पष्टोक्ति

भरतपुर, मंसिर १४ः नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी दिनुभएका नेता डा भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका छन्। चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा मङ्गलबार...
निर्वाचन परिणाम सहर्ष स्वीकार्ने भीम रावलको स्पष्टोक्ति

भरतपुर, मंसिर १४ः नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी दिनुभएका नेता डा भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका छन्। चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा मङ्गलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका हुन्। 

निर्वाचन परिणाम जे आए पनि स्वीकार्ने तर केन्द्रीय सदस्य भने नबस्ने नेता रावलको भनाइ थियो । रावल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् । 

प्रतिस्पर्धामा पराजित भए आफू केन्द्रीय समितिमा नरहने उनले घोषणा गरेका छन् । अध्यक्ष ओलीले सोमबार मध्यराति सर्वसम्मतिका लागि भन्दै सार्वजनिक गरेको ३०१ जनाको सूचीमा रावलको नाम केन्द्रीय सदस्यमा राखिएको थियो । उनले विद्युतीय भोटिङ मेसिनमा आफ्नो नाम रहेको भन्दै त्यसमा आफ्नो उम्मेदवारी नरहेको प्रष्ट पारे। 

एमाले पदाधिकारीका उम्मेदवारलाई स्वतः केन्द्रीय कमिटीको उम्मेदवारका रुपमा राखिएको छ । रावलले आफूले अध्यक्ष पदका लागि मात्र फारम भरेको स्पष्ट पारे । रावलले देश, जनता र लोकतन्त्रको हितमा निरन्तर काम गरिरहने बताए । बिहान ४ बजेदेखि सुरु भएको मतदान जारी छ । 

प्रकाशित मिति: १०:१३ बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्