Kathmandu Press

म्याग्दीमा जिप दुर्घटना : चार जनाको मृत्यु, तीन घाइते 

काठमाडौं, मंसिर १४ः म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। सदरमुकाम बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १...
म्याग्दीमा जिप दुर्घटना : चार जनाको मृत्यु, तीन घाइते 

काठमाडौं, मंसिर १४ः म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। सदरमुकाम बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको बोलेरो साेमबार साँझ सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । 

दुर्घटनामा परि मृत्यु हुनेमा रघुगंगा गाउँपालिका–१ बेगकी वडा सदस्यसमेत रहेकी ३० वर्षीया गौमाया विक, जिप चालक ३४ वर्षीया दुतबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा रहेका छन्। 

Hardik ivf

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पुन र शर्माको घटनास्थलमा तथा चालक थापा र विकको उपचारका लागि बेनी ल्याउँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् । उनीहरुलाई बेनी अस्पतालबाट थप उपचारका लागि कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।
 

प्रकाशित मिति: ०९:५६ बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्