Kathmandu Press

कांग्रेस उदयपुरको सभापतिमा कार्की विजयी

उदयपुर, मंसिर १४ : नेपाली कांग्रेसको उदयपुर जिल्ला सभापतिमा हिमाल कार्की निर्वाचित भएका छन्।दुई सदस्यबाहेक अरु सबै पदाधिकारीमा कार्की प्यानल विजयी भएको छ।...
कांग्रेस उदयपुरको सभापतिमा कार्की विजयी

उदयपुर, मंसिर १४ : नेपाली कांग्रेसको उदयपुर जिल्ला सभापतिमा हिमाल कार्की निर्वाचित भएका छन्।

दुई सदस्यबाहेक अरु सबै पदाधिकारीमा कार्की प्यानल विजयी भएको छ। कार्कीले ६ सय ७६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी निवर्तमान सभापति विदुर बस्नेतले पाँच सय ८९ मत प्राप्त गरेका छन्।

Hardik ivf

नवनिर्वाचित जिल्ला सभापति कार्की प्रदेश १ को भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुन्।

यस्तै उपसभातिमा भीमचन्द्र राई, सचिवमा मुरारी खड्का र राजेशचन्द्र श्रेष्ठ तथा सहसचिवमा चन्द्रदीप पौडेल र टीकाराम बुढाथोकी निर्वाचित भएका छन्। सदस्यमा कूल ३८ सदस्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति: ०८:०६ बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्