Kathmandu Press

कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित

कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित

काठमाडौं, मंसिर १४ : नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित भएका छन्।

आज बिहान सम्पन्न मत गणना अनुसार थापाले पाँच सय ५५ मत प्राप्त गरी विजय भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी अष्ट कुमार कवेँले चार सय ४२ मत पाएका छन्।

यसअघि पनि थापा र कवेँबीच नै प्रतिस्पर्धा भएको थियो। उनी दोस्रो पटक सभापति निर्वाचित भएका हुन्।

सभापतिमा निर्वाचित थापा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका हुन्। कवेँलाई प्रकाशमान सिंह र गगन थापाको समर्थन रहेको थियो।

उपसभापतिमा पनि थापा निकट समूहकै विजेश अवाल र उर्मिला वन निर्वाचित भएका छन्। सचिवमा पनि सोही समूहकै सुशिल बस्नेत र राजेश खड्का निर्वाचित भएका हुन्।

त्यस्तै, सहसचिवमा यादवप्रसाद अधिकारी र कृष्ण मुरारी न्यौपानेले विजयी भएका छन्। उनीहरु पनि थापा पक्षकै हुन्।

 

प्रकाशित मिति: ०७:३९ बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्