Kathmandu Press

साना तथा टुक्रे योजना कार्यान्वयनमा कठिनाइ भएकाे मन्त्रीको गुनासो

मनाङ, मंसिर १४ : गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले खुद्रे तथा साना एवं गोजीबाट छनोट भएका कार्यक्रम कार्यान्वयनमा प्रभावकारी नहुने बताएका छन्।गण्डकी प्रदेशको...
साना तथा टुक्रे योजना कार्यान्वयनमा कठिनाइ भएकाे मन्त्रीको गुनासो

मनाङ, मंसिर १४ : गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले खुद्रे तथा साना एवं गोजीबाट छनोट भएका कार्यक्रम कार्यान्वयनमा प्रभावकारी नहुने बताएका छन्।

गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मनाङका कार्यालय प्रमुखसँग चामेमा आयोजना गरेको छलफल कार्यक्रममा उनले अझै पनि साना तथा टुक्रे योजना छनोट हुनुले कार्यान्वयमा कठिनाइ हुने गरेको बताए।

Hardik ivf

मनाङमा यस वर्षको बाढीपहिराले धेरै प्रभावित भएकाले प्रदेश मात्र नभई सङ्घीय सरकारको बढी ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्ने उनले बताए।

मन्त्री बरालले जनताको आधारभूत आवश्यकताको आधारमा ध्यान केन्द्रित भई काम गर्न कर्मचारीलाई निर्देशन दिए। सुरक्षा क्षेत्रलाई प्रोत्साहत हुने गरी सेवा सुविधा उपलब्ध गराउने विषयमा मन्त्रालयको ध्यान केन्द्रित भएको उनले बताए।

प्रदेश सरकारले आन्तरिक स्रोत वृद्धि हुने गरी सबैको ध्यान केन्द्रित हुनुपर्ने मन्त्री बरालको भनाइ थियो।  

 

प्रकाशित मिति: ०७:१७ बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्