Kathmandu Press

कोरोना देखिएपछि प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

काठमाडौं, मंसिर १४ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ।प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएको छ। स्वास्थ्यमा...
कोरोना देखिएपछि प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

काठमाडौं, मंसिर १४ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ।

प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएको छ। स्वास्थ्यमा समस्या आएपछि सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश जबरा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बसिरहेका थिए। उनलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको दाहालले बताए।

प्रकाशित मिति: ०७:०९ बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्